नक्सलबारी : वसन्त उत्सवको अवसरमा नक्सलबारी ब्लक 2 तृणमूल कङ्ग्रेसको पहलमा आज शोभायात्राको आयोजना गरियो। उक्त शोभायात्रा नक्सलबारीको रथखोलाबाट शुरू गरेर पानीघट्टा मोडसम्म पुगेर समापन गरियो। उक्त शोभायात्रामा तृणमूल कङ्ग्रेस दार्जिलिङ जिल्ला सभानेत्री पापिया घोष लगायत पार्टीका अन्य नेता, कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए भने सबैले एका-अर्कालाई अबीर लगाएर होलीको शुभकामना दिए। यस अवसरमा पापिया घोषले भनिन्, रङ्गहरूको पर्व होलीको अवसरमा सबैसित मिलेर होली मनाउन पाउँदा निक्कै खुसी लाग्यो।
