नक्सलबारी: नक्सलबारी आन्दोलनको 54 औँ वर्ष गाँठको अवसरमा आज श्रमिक कृषक सङ्ग्रामी मञ्चद्वारा नक्सलबारीको बगाईजोतमा स्थापना गरिएको शहीदहरूको सालिगमा तिनीहरूको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरियो। यसको साथै श्रमिक कृषक सङ्ग्रामी मञ्चका कार्यकर्ताहरूले शहीदहरूलाई माल्यार्पण तथा पुष्पाञ्जलि अर्पण गरेर श्रद्धाञ्जलि दिए। स्मरण रहोस, विगत 25 मई 1967 को दिन नक्सलबारीमा केही आन्दोलनकारी मारिएका थिए। यसैले गर्दा ती शहीदहरूलाई स्मरण गर्दै आजको दिनमा प्रत्येक वर्ष नै श्रमिक कृषक सङ्ग्रामी मञ्चले नक्सलबारी दिवस मनाउने गर्दछ।
