नक्सलबारी ग्रामीण अस्पतालमा डिजिटल एक्स-रे मसिन खराब भएकोले रोगीहरू समस्यामा

नक्सलबारी :  नक्सलबारी ग्रामीण अस्पतालमा 10 दिनदेखि डिजिटल एक्स-रे मसिन खराब भएकोले रोगीहरूले गैर सरकारी अस्पताल तथा बाहिर रुपियाँ तिरेर एक्स-रे गर्न परेकोले रोगीहरूलाई निक्कै समस्या भइरहेको छ। गत वर्ष 19 नोभेम्बरमा नक्सलबारी अस्पतालमा एक्स-रे मसिन जडान गरिएको थियो। उक्त एक्स-रे मसिन खराब भएकोले गर्दा अस्पताल आउने रोगीहरूलाई निक्कै असुविधा भइरहेको छ। अस्पताल सूत्रले दिएको जानकारी अनुसार प्रतिदिन अस्पतालमा 35-40 जना रोगीहरूले निःशुल्क एक्स-रे गर्ने गर्दछ। हाल मसिन खराब भएकोले बाहिर 300-500 रुपियाँ तिरेर रोगीहरू एक्स-रे गर्न बाध्य छन्। यसैले चाँडो एक्स-रे मसिन ठिक गराउने रोगीहरूले माग गरेका छन्। अर्कोतिर, नक्सलबारी ब्लक स्वास्थ्य अधिकारी डा. कुन्तल घोषले टेलिफोनमार्फत् जनाएअनुसार गत 3-4 दिनदेखि एक्स-रे मसिन खराब भएको छ। यसबारे इञ्जिनयरलाई जानकारी गराइसकेको छ। चाँडै एक्स-रे परिसेवा शुरू हुने तिनले आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş