नक्सलबारी : नक्सलबारी चियाकामानको फागु लाइनमा झुन्डिएको अवस्थामा युवतीको शव उद्धार भएको छ। मृतक युवती 20 वर्षीय प्रिस्का उरावको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति परिवारका सदस्यहरूले घरभित्र झुन्डिएको अवस्थामा प्रिस्काको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर नक्सलबारी ग्रामीण अस्पतालमा लगे। पुलिसले आज शव पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।
