नक्सलबारीको चेङ्गा नदीबाट युवकको शव उद्धार

नक्सलबारी (निसं): नक्सलबारीको बेलगाछी चियाकमान संलग्न कदमा इलाकाको चेङ्गा नदीबाट युवकको शव उद्धार भएको छ। मृतक युवकको नाम सागर नागेशिया बताइएको छ। प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले आज नदीमा शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर नक्सलबारी पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। मृतकको परिवारका सदस्यहरूको आरोप अनुसार सागरको हत्या गरिएको हो। तिनको आँखा र अनुहारमा चोटको निशान रहेको साथै शरीरको लुगा समेत थिएन। घटनाबारे नक्सलबारी थानामा अभियोग दर्ता गर्ने तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom