नक्सलबारीको कालुयाजोतमा खोरमा फस्यो चितुवा

नक्सलबारी : नक्सलबारीको भारत-नेपाल सिमानाको कालुयाजोतमा चितुवा देखापर्यो। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले कालुयाजोतमा एउटा रुखमा चितुवा देखेपछि यसबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर टुकरिया वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर उक्त रुख काट्न थालेपछि चितुवा त्यहाँबाट झरेर भागे तापनि वन कर्मीहरूले उक्त चितुवालाई पछि खोरमा फसाएको बताइएको छ।


इलाकामा चितुवा देखापरेको खबर सुनेपछि उक्त चितुवालाई हेर्न गाउँलेहरूको भीड जमेको थियो। तथापि, वन कर्मचारीहरूले खोरमा चितुवा फसाएपछि इलाकावासीहरूले शान्तिको श्वास फेरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *