नक्सलबारीको खेमची नदीबाट नवजात शिशुको शव उद्धार

नक्सलबारी : नदी किनारमा प्लास्टिकमा बेरेको अवस्थामा नवजात शिशुको शव उद्धार भएपछि इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार नक्सलबारीको कमलाजोतमा खेमची नदी किनारमा एकजना व्यक्तिले उक्त नवजात शिशुको शव देखेपछि घटनाबारे नक्सलबारी पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *