नक्सलबारीको मञ्जा चिया बगानका 2 कर्मचारीविरूद्ध रूपियाँ धाँधला गरेको आरोप, थानामा अभियोग दर्ता

नक्सलबारी, 17 अक्टोबर: चिया बगानको मजदूरीमा धाँधली साथै फर्जी श्रमिकहरूको नाम मास्टर रोलमा हालेर ब्याङ्क खाताबाट रूपियाँ निकालेको मञ्जा चिया बगानका 2 जना कर्मचारी विरूद्ध आरोप लगाइएको छ। यस घटनाबारे नक्सलबारी थानामा अभियोग दर्ता गरेको छ।
प्राप्त जानकारी अनुसार, मञ्जा चिया बगानका 2 सहायक कर्मचारी रोशन तिर्की र विनोद खालकोले आफ्नो परिवारका सदस्यहरूको नाम मास्टर रोलमा हालेर 2021-22 देखि बगान प्रशासनको रूपियाँ धाँधली गरको आरोप रहेको छ। उक्त घटनाको खुलासा गरे बगानका प्रमुख प्रबन्धकलाई मार्ने धम्की दिएको स्वयम् प्रमुख प्रबन्धक धनाराम चौधरीले आरोप लगाएका छन्।
उक्त मामिलामा बगानका प्रमुख प्रबन्धकले भने, आरोपीले बगानको कर्मचारी, तिनका परिवारका सदस्य, 2 जना विद्यार्थी लगायत अन्य मानिसहरूको नाम गरेर रूपियाँ निकालिइरहेका थिए। तिनले दोषीहरूलाई कडा सजाय दिने माग गरेका छन्।
अर्कोतिर, दार्जीलिङ जिल्लाको पुलिस अधीक्षक प्रविन प्रकाशले फोनमार्फत बताए अनुसार पुलिसले घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/