नक्सलबारीको रथखोलामा ट्रेनको चपेटमा परेर व्यक्ति घाइते

नक्सलबारी : नक्सलबारीको रथखोलामा ट्रेनको चपेटमा परेर एकजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। घाइते व्यक्ति उत्तर रथखोला निवासी 38 वर्षीय पवन घोषको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार रेलवे लाइन पार गरिरहेको समय ट्रेनको चपेटमा परेर उक्त व्यक्ति घाइते भएको हो। उक्त घटनामा व्यक्तिको एउटा खुट्टा काटिएको छ। घटनापछि तिनलाई उद्धार गरेर उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *