नक्सलबारी : वीर बीरसा मुण्डाको जन्म जयन्तीको अवसरमा नक्सलबारी बीरसा मुण्डा कलेजमा वीर बीरसा मुण्डाको सालिगको अनावरण गर्नको साथै कलेजको लाइब्रेरीको पनि उद्घाटन गरियो। उद्घाटन कार्यक्रममा सिलगढी नगरनिगमका प्रशासक मण्डलीका चेयरम्यान गौतम देव, कलेजका अध्यक्ष डा. वीरेन्द्र मृधा, म्यानिजिङ कमिटीका सभापति सुजित दास, वर्धमान विश्वविद्यालयका उप कुलपति डा. निमाई चन्द्र साहा, उत्तरबंग विश्वविद्यालयका पूर्व रेजिस्ट्रार डा. दिलीप कुमार सरकार, डा. देवाशीष दत्त, डा. सुबोध हासदा लगायत अन्य उपस्थित थिए। यस अवसरमा कलेजको सांस्कृतिक कार्यक्रम लगायत दुई दिने सेमिनारको पनि आयोजना गरिएको छ।