नक्सलबारी, 18 अक्टोबर: नक्सलबारीको ढकना जोतमा एउटा रूखबाट लगभग 12 फिट लामो अजिङ्गर उद्धार गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति खानाको खोजीमा उक्त अजिङ्गर बस्ती इलाकामा आइ पुगेको थियो। स्थानीय मानिसहरू हेर्नका लागि भीड भएपछि अजिङ्गर रूखमा चढ्यो।
पछि नक्सलबारी पुलिस अनि टुकुरीयाझाड वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर एक घण्टाको प्रयासपछि रुख काटेर अजिङ्गरलाई उद्धार गऱ्यो। वन विभाग सूत्र अनुसार अजिङ्गरको स्वास्थ्य परीक्षण गरेपछि घना जंगलमा छोडिने बताइएको छ।
North Bengal, Siliguri, Uncategorized
नक्सलबारीमा 12 फिट लामो अजिङ्गर उद्धार
18
Oct
Oct