नक्सलबारी, 15 नोभेम्बर (निसं): उत्तर बंगालकै दोस्रो सबैभन्दा ठूलो नक्सलबारीको शान्तिनगरमा आज रास मेलाको कलश यात्रामार्फत उद्घाटन गरियो। यो मेला आगामी 3 डिसेम्बरसम्म चल्नेछ। नक्सलबारीको यो रास मेला कूचबिहारको रास मेलापछि उत्तर बंगालको दोस्रो ठूलो मेला हो।
आजको कलश यात्रा शान्तिनगरबाट शुरू भएर नक्सलबारीको रथखोला हुँदै खेमची नदीसम्म पुग्यो। महिलाहरूले त्यहाँबाट कलशमा पानी भरे। रास मेलामा बाउल गाना, मनसा मंगल, जात्रापाला जस्ता कार्यक्रमहरू आयोजना गरिएको थियो। आयोजक समितिले यस वर्ष रास मेलामा गत वर्षको तुलनामा यहाँ अझ अधिक मानिसहरूको भीड रहने सम्भावना व्यक्त गरेको छ।