नक्सलबारी (निसं): नक्सलबारी ब्लक प्रशासनद्वारा आज मानिसहरूलाई जमिनको पट्टा वितरण गऱ्यो। नक्सलबारी खण्ड विकाश कार्यालयको डोकरा हालमा आज एउटा कार्यक्रमबीच स्थानीय 106 जना मानिसहरूलाई जमिन पट्टाको प्रमाण पत्र हस्तानन्तरण गऱ्यो। यस अवसरमा सिलगढी महकुमा परिषदका अध्यक्ष अरुण घोष, जिल्ला कल्याण अधिकारी अनबिल दत्ता, नक्सलबारीका बीडीओ अरिन्दम मण्डल, नक्सलबारीका भूमि एवं भू- राजस्व अधिकारी बिप्लप हलदर सहित पञ्चायत समिति तथा पञ्चायत प्रमुख उपस्थित थिए। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सिलगढी महकुमा परिषदका अध्यक्ष अरुण घोषले भने, द्वारे सरकार शिविरमा जमिन पट्टाको लागि आवेदन गर्नेहरूलाई मात्र 2 महिनाको अवधिमा नै सरकारले तिनीहरूको जमिनको पट्टा प्रदान गरेको छ। यसको साथै आगामी दिनमा अन्य मानिसहरूलाई पनि सरकारले तिनीहरूको जमिनको पट्टा प्रदान गर्नेछ।