नक्सलबारीमा आँधी – तुफानले धेरै नोक्सान  

नक्सलबारी: नक्सलबारीमा आएको आँधी – तुफानले व्यापक मात्रामा नोक्सान पुऱ्याएको समाचार प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार नक्सलबारीको मल्लाबारी इलाकामा आँधी – तुफानको कारण एउटा रूख लडेको छ। उक्त रूख लड्दा बिजली परिसेवालाई पनि प्रभावित पार्नको साथै इलाकामा बिजुली गत अबेर रातिदेखि नै ठप्प बन्न पुगेको छ। स्थानीय मानिसहरूले बताए अनुसार बिजुली नभएपछि गत रातिदेखि नै यहाँका मानिसहरूले धेरै समस्याको सामना गर्न परिरहेको छ। यसवाहेक, नक्सलबारीको अन्य विभिन्न इलाकामा रूखहरू लड्नको साथै रूखका हाँगाहरू भाँचिएर कतिपय घरहरूलाई क्षति पुऱ्याएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *