नक्सलबारीमा अज्ञात व्याक्तिको शव उद्धार

नक्सलबारी (निसं): नक्सलबारीको शान्तिनगरमा एकजना अज्ञात व्यक्तिको शव उद्धार भएपछि इलाकामा सनसनी फैलिएको छ। प्राप्त जानकारी अनुसार आज नक्सलबारीको शान्तिनगर स्थित सर्भिस रोडको फुटपाथमा स्थानीय मानिसहरूले उक्त व्यक्तिको शव देखे। यसपछि घटना बारे पुलिसलाई सूचना दिए। खबर पाउन साथ नक्सलबारी पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पटाइ दिएको छ। पुलिसले लगाएको प्राथमिक अनुमान अनुसार उक्त व्यक्ति यताउता घुमफिर गरिहिड्थे। तथापि, व्याक्तिको पहिचान हुन सकेको छैन। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *