नक्सलबारीमा अल इन्डिया पोस्टल इम्प्लोइज एसोसिएसनको द्विवार्षिक सम्मेलन

नक्सलबारी : अल इन्डिया पोस्टल इम्प्लोइज एसोसिएसनको द्विवार्षिक सम्मेलन नक्सलबारी भवनमा आज आयोजना गरियो। यस अवसरमा संगठनका सदस्यहरूले नक्सलबारीमा एउटा र्‍याली पनि निकाले। संगठनका सदस्यहरूले केन्द्र सरकारको नीतिविरुद्ध रोष प्रकट गरे। संगठनका सुदीप सेनले बताएअनुसार दार्जिलिङ विभागमा संगठनलाई मान्यता प्राप्त गर्नको लागि दुई वर्षसम्म उक्त सम्मेलनको आयोजना गर्नुपर्नेछ। सम्मेलनमा विविध विषयमा चर्चा-परिचर्चा गरियो। यस अवसरमा पोस्टलका सुपरीटेन्डेन्ट अञ्जन मित्र, पश्चिमबंग सर्कल युनिटका नेतृत्व विभास गोरा, सीआईटीयुका सभापति समन पाठक, चियाकमान मजदुर संगठनका सभापति गौतम घोष, देव कुमार च्याटर्जी, प्रदीप पाल, अनिमेष सरकार लगायत पोस्टल विभागको ग्रुप सी, पोस्ट म्यान, एमटीएस, जीडीएसका कर्मचारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *