नक्सलबारी: माल बोकेको एउटा लरी अनियन्त्रित भएर पल्टिदा चालक तथा खलासीलाई सामान्य चोट लागेको छ। उक्त घटना गत अबेर राति नक्सलबारीको सातभैया मोड एसियन हाईवेमा घटेको हो। प्राप्त जानकारी अनुसार गत अबेर राति माल बोकेको एउटा लरी असमको सिलचरबाट सुरततर्फ गइरहेको समय चालकलाई निद्रा लागेपछि लरी अनियन्त्रित भएर डिभाइडरसित ठोक्किएर पल्टियो। घटनामा चालक तथा खलासीलाई सामान्य चोट लागेको छ। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।
North Bengal, Siliguri, Uncategorized
नक्सलबारीमा अनियन्त्रित भएर पल्टियो माल बोकेको लरी
15
Mar
Mar