नक्सलबारीमा भाजपा-द्वारा बिजुलीको बिलमा छुट दिनुपर्ने मागमा ज्ञापन

नक्सलबारी : भारतीय जनता पार्टी नक्सलबारी मण्डलको तर्फबाट आज लकडाउन अवधि बिजुलीको बिलमा छुट दिनुपर्ने माग गर्दै वेस्ट बंगाल इलेक्ट्रिसिटी डिस्ट्रीब्यूशन कम्पनी लिमिटेडको नक्सलबारी कार्यालयमा एउटा ज्ञापन पत्र सुम्पियो। भाजपा जिल्ला सचिव दिलीप बारोईले बताएअनुसार कोभिड 19 –को कारण साधारण मानिसहरू धेरै आर्थिक समस्यामा परेकोले गर्दा तिनीहरूको हितमा आवश्यक कदम उठाउँदै आज बिजुलीको बिलमा छुट दिनुपर्ने माग गर्दै उक्त ज्ञापन पत्र सुम्पिएको हो। यस अवसरमा जिल्ला सचिव दिलीप बारोई, नक्सलबारी मण्डलका अध्यक्ष मङ्गलु राय तथा अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibombaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞ