नक्सलबारीमा वीर बीरसा मुण्डाको जन्मजयन्ती पालन

नक्सलबारी : रथखोला फुलबल एकाडेमीको तर्फबाट आज नक्सलबारीमा वीर बीरसा मुण्डाको जन्म जयन्ती पालन गरियो। नक्सलबारीको दक्षिण रथखोला मैदानमा आज एकाडेमीका विद्युत दासले वीर बीरसा मुण्डाको प्रतिकृतिमा फुलमाला लगाइदिनको साथै पुष्पार्पण गरेर श्रद्धा सुमन अर्पण गरे। वीर बीरसा मुण्डाको जन्म जयन्तीको अवसरमा महिला फुटबल खेलको आयोजना गर्नको साथै विविध कार्यक्रमहरूको पनि आयोजना गरियो। यस अवसरमा विद्युत दासले वीर बीरसा मुण्डाको वीरताको गाथाहरू सुनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *