नक्सलबारी: नक्सलबारी ब्लक -2 तृणमूल युवा कङ्ग्रेसको तर्फबाट आज विश्व आदिवासी दिवसको अवसरमा नक्सलबारी कम्युनिटी हलमा एउटा कार्यक्रमको आयोजना गरियो। यस अवसरमा आज निकालिएको एउटा विराट् शोभायात्राले पूर्व नक्सलबारीको विभिन्न इलाकामा परिभ्रमण गऱ्यो। कार्यक्रममा सबै अतिथिहरूलाई आदिवासी परम्परा अनुसार स्वागत जनाइयो। कार्यक्रमको उद्घाटन दीप जलाएर मुख्य अतिथि तृणमूल जिल्ला अध्यक्ष रञ्जन सरकार तथा अन्य अतिथिहरूद्वारा गरियो साथै बिरसा मुण्डाको फोटोमा फुल माला चढाइयो।

यस कार्यक्रममा स्थानीय कलाकारहरूले विविध आदिवासी सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरे। आजको आदिवासी दिवस कार्यक्रममा तृणमूल कङ्ग्रेस जिल्ला अध्यक्ष रञ्जन सरकार, युवा जिल्ला अध्यक्ष कुन्तल राय, ब्लक -2 अध्यक्ष पृथविस राय, युवा ब्लक अध्यक्ष अरुण घोष, राजेन सुन्दास, ईजाया सुन्दास, पार्थो सारथी मुखर्जी, विराज सरकार, सत्यनारायण गोस्वामी, विरेन सरकार,पुष्पा खालको लगायत स्थानीय कार्यकर्ताहरू उपस्थित थिए।
