नक्सलबारीमा व्यक्तिको शव उद्धार

नक्सलबारी : नक्सलबारी थाना अन्तर्गत मेरीभ्यू चियाकमान नजिक एकजना व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति 55 वर्षीय छोटेलाल उरावको रूपमा चिन्हित गरिएको छ। थाना सूत्रले दिएको जानकारी अनुसार स्थानीय मानिसहरूले हिजो साँझ मेरीभ्यू चियाकमान नजिक एकजना व्यक्तिको शव देखेपछि घटनाबारे नक्सलबारी पुलिसलाई खबर दिए। घटनाको खबर पाएर नक्सलबारी पुलिस एवम् वन विभागका अधिकारी घटनास्थलमा पुगेर शव उद्धार गरेर नक्सलबारी अस्पतालमा पठायो। जङ्गली हात्तीको हमलामा उक्त व्यक्तिको मृत्यु भएको हुनसक्ने गाउँलेहरूको सन्देह गरेका छन्। घटनाबारे थानामा मामिला दर्ता गरेर आज शव पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *