नक्सलबारीमा ब्राउन सुगर र नगद उद्धार प्रकरण: अझ 2 जना पक्राउ

नक्सलबारी, 6 जून (निसं): नक्सलबारी थाना पुलिसले ब्राउन सुगर र नगद उद्धार गरेको प्रकरणमा दुई जना थप लागूपदार्थ व्यवसायमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ।
प्राप्त जानकारी अनुसार गत 15 मईमा नक्सलबारीको टुकरिया मोडस्थित एउटा घरमा पुलिसले छापा मार्दा 70 ग्राम ब्राउन सुगर र 2 लाख 65 हजार रूपियाँ नगद उद्धार गरिएको थियो। सोही राती पुलिसले तीन जनालाई पक्राउ गरेको थियो। तर सो घटनासँग सम्बन्धित आरोपी तपेश बर्मन र बापी बर्मन निखोज रहेका थिए।
अन्ततः पुलिसको प्रयासपछि ती दुई निखोज आरोपीलाई पनि पक्राउ गरिएको छ। गोप्य सूचनाको आधारमा गत राति शान्तिनगर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्रा परेका दुवै जनालाई आज सिलगढी महकुमा अदालतमा उपस्थित गराइएको छ। पुलिस सूत्र अनुसार लागूपदार्थ कारोबार नियन्त्रणका लागि यस्ता अभियान निरन्तर जारी रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *