नक्सलबारीमा एक दिवसीय फुटबल प्रतियोगिताको आयोजना

नक्सलबारी :  प्राथमिक स्कुलका विद्यार्थीहरूलाई खेलप्रति प्रोत्साहित गर्ने उद्देश्य लिएर नक्सलबारी बडो मनिरामजोतमा आज एक दिवसीय फुटबल प्रतियोगिताको आयोजना गरियो। आज नक्सलबारीको बडो मनिरामजोत प्राथमिक विद्यालयको पहलमा सहिद सुरेश छेत्री मेमोरियल विनर्स ट्रफी तथा रामगोपाल आचार्य रनर्स ट्रफीको आयोजना गरियो। उक्त फुटबल प्रतियोगितामा 12 वटा प्राथमिक विद्यालयले अंश ग्रहण गरेको छ। यस अवसरमा सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष, पञ्चायत समितिका सहकारी सभापति सजनी सुब्बी, सिलगढी प्राथमिक शिक्षा संसदका चेयरम्यान दिलीप कुमार राय लगायत अन्य उपस्थित थिए। विद्यार्थीहरूलाई खेलप्रति प्रोत्साहित गर्ने उद्देश्यले आगामी दिनमा जिल्लाभरिमै यस प्रकारको फुटबल प्रतियोगिताको योजना गरिने सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोषले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO