नक्सलबारी : सेवा फाउन्डेसनको सहयोगमा सिलगढी ग्रेटर लायन्स आई हस्पिटलको शाखाको रूपमा नक्सलबारीमा ग्रेटर लायन्स भिजन सेन्टर खोलिएको छ। नक्सलबारी ब्लक स्वास्थ्य अधिकारी डा. कुन्तल घोषले आज उक्त भिजन सेन्टरको विधिवत् रूपमा उद्घाटन गरे। उक्त सेन्टरमा कम मूल्यमा चश्मा उपलब्ध रहनको साथै साधारण मानिसहरूको लागि विभिन्न सुविधाहरू रहेको छ।
नक्सलबारीको उक्त सेन्टरमा महिला चिकित्सक तथा स्वास्थ्य कर्मीहरूले परिसेवा प्रदान गर्नेछ। यस अवसरमा लायन्सका सीईओ डा. राजेश साहनी, सभापति टीएम तिवारी, विष्णु केडिया, पीएल केडिया, प्रह्लाद विश्वास, अनिल साहा, नरेन्द्र प्रसाद, कुलदीप शर्मा, डा. रूपमा चौधरी लगायत अन्य उपस्थित थिए।