नक्सलबारीमा नदीबाट ढुङ्गा तस्करी गरेको आरोपमा 4 जना पक्राउ

नक्सलबारी : सरकारी नियम पालन नगरेर नदीबाट ढुङ्गा तस्करी गरेको आरोपमा पुलिसले 4 जनालाई पक्राउ गरेको छ। यसको साथै एउटा ट्रक पनि जफत गरेको छ। पक्रा परेकाहरूमा राजेश हेमब्रम, शैला हासदा, चुन्नु सोरेन र वचन मुर्मू सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार नक्सलबारीको बेलगाछी इलाकाको चेङ्गा नदीबाट अवैध रूपमा ढुङ्गा ओसारपसार गर्ने क्रममा ढुङ्गा बोकेको एउटा ट्रक पुलिसले जफत गर्नको साथै 4 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका 4 जना व्यक्तिलाई आज सिलगढी अदालतम पेश गरियो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *