नक्सलबारीमा पिस्तोलसहित एक जना बदमाश पक्राउ

नक्सलबारी, 12 जून (निसं) : नक्सलबारीमा पिस्तोलसहित एक जना बदमाश पक्रा परेका छन्। पक्रा परेका व्यक्तिको नाम मोहम्मद सौफीक हो, उनी नक्सलबारीको तोताराम जोत क्षेत्रका निवासी हुन्।
बुधवारको दिन पुलिसले नक्सलबारीस्थित रथखोला रेलगेट नजिकको क्षेत्रमा हतियारसहित घुमिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो। पुलिसले सौफीकको बाट पिस्तोल र दुई राउण्ड जिउँदो कार्तूस उद्धार गरेको छ।
जानकारी अनुसार केही दिनअघि मोहम्मद सौफीकले तोताराम जोतकी एउटी महिलालाई पिस्तोल देखाएर धम्की दिँदै गोली चलाएको आरोप रहेको थियो। उक्त घटनापछि तिनी पुलिसबाट बाँच्न भागेका थिए। यसअघि पनि उनलाई लागूऔषधी पदार्थ कारोबारमा संलग्न भएको आरोपमा पुलिसले पक्राउ गरिसकेको छ। आज उनलाई सिलगढी अदालतमा पेश गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *