नक्सलबारीमा पोखरीमा डुबेर नाबालकको मृत्यु

नक्सलबारी (निसं): साथीहरूसित नुहाउन गएका एकजना छात्रको पोखरीमा डुबेर मृत्यु भएको छ। मृतकको नाम सायन पाल हो। तिनी नक्सलबारीको मध्य कोटियाजोत निवासी थिए। प्राप्त जानकारी अनुसार, पाँचौ श्रेणीका छात्र सायन तिनका साथीहरूसित नक्सलबारी आश्रम संलग्न एउटा पोखरीमा नुहाउन गएका थिए। पोखरीमा नुहाइरहेको समय सायन अचानक पानीमा डुबे। घटना पछि तिनका साथीहरूले यसको जानकारी परिवारका सदस्यहरूलाई दिए। यसपछि घटनास्थलमा पुगेर नाबालकलाई पोखरीबाट तत्कालै निकालेर नक्सलबारी अस्पतालमा लिएर गए, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। पुलिसले शवलाई पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। उक्त घटना पछि इलाकामा शोकको लहर छाएको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO