नक्सलबारीमा रक्तदान शिविरको आयोजना

नक्सलबारी : स्वाधीनता दिवस अघि तथा रगतको संकट दूर गर्ने उद्देश्य लिएर नक्सलबारी व्यवसायी समिति एवम् नक्सलबारी डिस्ट्रिब्युटर एसोसिएसनको संयुक्त पहलमा आज रक्तदान शिविरको आयोजना गरियो। नक्सलबारीको युनाइटेड क्लबमा उक्त शिविरको आयोजना गरिएको छ। उक्त शिविरमा व्यवसायी, साधारण मानिसहरू लगायत स्वयम्‌सेनी संगठन तथा स्थानीय क्लबका सदस्यहरूले रक्तदान गरे। रक्तदान शिविर लगायत साधारण मानिसहरूको स्वास्थ्य जाँच शिविरको पनि आयोजना गरिएको छ। नक्सलबारी व्यवसायी समितिका महासचिव धर्मेन्द्र पाठकले भने, पानी परेकोले गर्दा रक्तदान गर्ने मानिसहरूको संख्या कम्ती भए तापनि रक्तदान शिविर राम्रै प्रकारले चलिरहेको छ। उक्त शिविरमा संग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको ब्लक ब्याङ्क तथा लायन्स ब्लड ब्याङ्कमा पठाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO