नक्सलबारीमा रक्तदान शिविरको आयोजना

नक्सलबारी : भारतका पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको जन्म जयन्ती तथा बाल दिवसको उपलक्ष्यमा नबारुनको पहलमा रक्तदान शिविरको आयोजना गरियो। नक्सलबारी थाना इलाकामा ब्लड मोबाइल वाहनमा उक्त रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा संग्रहित गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइनेछ। यस अवसरमा सुरजीत कुन्डूले भने, नबारुनको पहलमा विभिन्न सामाजिक कार्यहरू गरियो भने आज रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा संस्थाका अध्यक्ष ऋत्विक विश्वास, सचिव सुरजीत कुन्डू, कोषाध्यक्ष पार्थ साहा लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *