नक्सलबारीमा रासयात्राको उपलक्ष्यमा कलशयात्राको आयोजना

सिलगढी : नक्सलबारीको शान्तिनगर रासमेला युवा संघ कमिटीले आज रासयात्राको उपलक्ष्यमा कलशयात्राको आयोजना गर्यो। नक्सलबारीको शान्तिनगर रासमेला युवा संघ कमिटीको रासमेलाले यस वर्ष 29औँ वर्षमा पाइला टेकेको छ। रासयात्राको उपलक्ष्यमा कमिटीको तर्फबाट आज रासयात्रा प्राङ्गणबाट कलशयात्रा निकालेर नक्सलबारी रथखोला हुँदै खेमची नदीबाट भक्तहरूले कलशमा जल भरेर पुनः रासयात्रा प्राङ्गणमा पुगे। यस अवसरमा उत्तरबंग मतुवा महासंघको नक्सलबारी शाखाका सदस्यहरू पनि उपस्थित थिए। सिलगढी महकुमा परिषद्का सभाधिपति अरूण घोषले भोलि रासयात्रा प्राङ्गणमा पुजाको उद्घाटन गर्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *