नक्सलबारी : नक्सलबारीमा फेरि टोल प्लाजा दुर्घटना भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार आज बिहान नक्सलबारी टोल प्लाजा नजिक एउटा बस र बाइक आपस्तमा ठोक्किँदा एकजना युवक घाइते भएका छन्। घाइते युवक 28 वर्षीय शुभजीत रायको रूपमा चिन्हित गरिएको छ। बस गलत दिशाबाट आइरहेकोले गर्दा उक्त दुर्घटना भएको थाहा लागेको छ।

घटनापछि घाइते युवकलाई उद्धार गरेर नक्सलबारी ग्रामीण अस्पतालमा लगे तापनि प्राथमिक उपचारपछि छुट्टी दिएको बताइएको छ। बस चालकले घटनास्थलबाट सुइँकुच्चा ठोके तापनि पुलिसले बस आफ्नो नियन्त्रणमा लिएर घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।
