नक्सलबारीमा ट्रेनको चपेटमा परेर अज्ञात व्याक्तिको मृत्यु

नक्सलबारी (निसं): नक्सलबारीको हातिघिसा टोल प्लाजा नजिक रेलवे लाइनमा ट्रेनको चपेटमा परेर एकजना व्यक्तिको मृत्यु भएको छ। उक्त घटना पछि इलाकामा शोकको लहर छाएको छ। तथापि, समाचार लेखुञ्जेलसम्म मृतकलाई चिन्हित गर्न सकिएको छैन। प्राप्त जानकारी अनुसार आज स्थानीय मानिसहरूले रेलवे लाइनमा उक्त व्यक्तिको शव देखे। स्थानीय मानिसहरूको भनाई अनुसार सिलगढीबाट कटिहार जाने प्यासेञ्जर ट्रेनको चपेटमा परेर उक्त व्यक्तिको मृत्यु भएको हो। घटनाको सूचना पाएर नक्सलबारी थाना पुलिस अनि रेलवे पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गर्नको साथै पोस्टमर्टमको लागि शवलाई अस्पताल पठाइदिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO