नक्सलबारी पुलिस थानामा आँखा जाँच शिविरको आयोजना

नक्सलबारी, 26 दिसम्बर (निसं): सिलगढी लायन्स क्लबको आयोजनामा र नक्सलबारी लायन्स क्लब अनि नक्सलबारी पुलिस थानाको सहयोगमा नक्सलबारी पुलिस थानामा आँखा जाँच शिविरको आयोजना गरियो। आज यस शिविरमा मोठ 50 जनाको आँखाको जाँच गरियो। यसै क्रममा नरेन्द्र प्रसाद, प्रह्लाद कुमार विश्वास, देवप्रसाद भौमिक र अन्य व्यक्तिहरू उपस्थित थिए। यस सम्बन्धमा नरेन्द्र प्रसादले भने, “यो आँखाको जाँच शिविर हरेक महिनाको अन्तिम बिहीवार नक्सलबारी पुलिस थानामा आयोजना गरिन्छ। यस शिविरमा साधारण जनताले आफ्ना आँखा जाँच गराउन सक्छन्। यदि मोतिया बिन्दुको समस्या देखिएमा बिरामीलाई मोतिया बिन्दु जाँचको लागि अस्पताल लैजान्छ। आजको शिविरमा विभिन्न परीक्षणहरू पनि गरियो। यस वाहेक, शिविरमा लायन्स क्लबका सदस्य अनिल साहाको निधनमा गहिरो शोक प्रकट गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *