नयाँ पेन्सन स्किम रद्द गरेर पुरानो पेन्सन स्किम लागू गर्ने मागमा रेलवे मजदुर युनियनको रिले अनशन

सिलगढी : नयाँ पेन्सन स्किम रद्द गरेर पुरानो पेन्सन स्किम लागू गर्ने मागलाई लिएर आज रेलवे मजदुर युनियनले आन्दोलन गरेको छ। गत केही वर्षदेखि नै रेलवे मजदुर युनियनले उक्त मागलाई लिएर देशभरिमै आन्दोलन गरिरहेको थियो भने फेरि आन्दोलन शुरू गरेको छ। संगठनको तर्फबाट आज 8 जनवरीदेखि आगामी 11 जनवरीसम्म देशको सबै रेलवे कार्यालय अघि रिले अनशनमा बस्ने भएको छ। यसै कार्यक्रमको अंशको रूपमा रेलवे मजदुर युनियनको जङ्क्सन तथा एनजेपी शाखाको महिला संगठनका सदस्यहरू आज एनजेपी एडीआरएम कार्यालय अघि रिले अनसनमा बसेका छन्। संगठनका सम्पादिका तुलतुली घोषले भने, पुरानो पेन्सन स्किम ल्याउनुपर्ने मागमा आफूहरूले लगातार आन्दोलन गरिरहेका छौँ। जबसम्म केन्द्र सरकारले आफूहरूको मागप्रति सहानुभूतिपूर्वक विचार गर्दैन तबसम्म आन्दोलन जारी राख्नेछौँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobet