नयाँ अन्डरपास निर्माण लगायत विविध विषयलाई लिएर एडीआरएमसित बैठक गरे विधायक शङ्कर घोषले

सिलगढी : नयाँ अन्डरपास निर्माण लगायत विविध विषयलाई लिएर सिलगढीका भाजपा विधायक शङ्कर घोषले आज एडीआरएमसित एउटा बैठक गरे। उक्त बैठकमा विधायक घोष लगायत काउन्सिलर सालिनी डालमिया, विवेक सिंह, नगरनिगमका विपक्षी नेता अमित जैन एवम् अन्य उपस्थित थिए। एनजेपी एडीआरएम-को कार्यालयमा एडीआरएम सञ्जय चिलवारसित विविध विषयलाई लिएर एउटा बैठक गरियो। मुख्य रूपमा अम्बिकानगर, फुलेश्वरी लगायत सिलगढीको विभिन्न इलाकाको केही अन्डरपासमा वर्षाको समयमा पानी जम्ने गरेकोले गर्दा उक्त सडक भएर आवत-जावत गर्न निक्कै असुविधा हुने गर्दछ। उक्त बैठकमा यस विषयमा कुराकानी गर्नको साथै बाग्राकोर्ट, स्वस्तिका क्लब संलग्न इलाकामा अन्डरपास निर्माण गरिनुपर्ने विधायक घोषले अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO