एनबीएसटीसी-को आयमा लगातार वृद्धि, राज्यमा 20 वटा सीएनजी बस सुरू गरिने : पार्थ प्रतीम राय

सिलगढी : एनबीएसटीसी-को आयमा लगातार निक्कै वृद्धि भइरहेको कुरा आज सिलगढीस्थित सर्किट हाउसमा आयोजित एनबीएसटीसी-को 232 बोर्ड मीटिङमा बताइएको छ। एनबीएसटीसी-को पहिला 9 करोड़ रुपियाँको आय थियो भने हाल बढेर लगभग 16 करोड़ रुपियाँ पुगेको छ। गत वर्ष दिसम्बर महिनामा एनबीएसटीसी-को कमाई 16 करोड़ रुपियाँको आँकड़ा पार गरेको कुरा बोर्ड मीटिङमा आज एनबीएसटीसी-का चेयरम्यान पार्थ प्रतीम रायले जानकारी दिएका छन्। यस अवसरमा तिनले बताए अनुसार राज्य सरकारले प्रदूषणलाई कम्ति गर्नका लागि एउटा नयाँ कदम उठाउने भएको छ। अब चाँडै राज्यमा  एनबीएसटीसी-को सीएनजी बस चल्नेछ। यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। यसको साथै पहिलो चरणममा मोठ 20 वटा सीएनजी बस सुरू गरिने छ, यसको लागि राज्य सरकारले हालसम्म 6 करोड़ रुपियाँ आवन्टित गरिसकेको चेयरम्यान पार्थ प्रतीम रायले जानकारी दिएका छन्। तिनले थप बताए अनुसार राज्यमा सीएनजी बस चलाउनको लागि राज्यको सात ठाउँमा एनबीएसटीसी बस डिप्पोमा ग्यास सव सेन्टर बनाइनेछ। यसैक्रममा चेयरम्यानले भने, सिलगढीदेखि नेपाल जाने बस परिसेवा खुबै राम्रो चलिरहेको छ। यसैले गर्दा फुलबारीदेखि बङ्ग्लादेश बीच पनि एनबीएसटीसी बस चलाउने योजना तयार गरिरहेको छ। यसको साथै पर्यटन विभागसित मिलेर पर्यटकहरूलाई घुमाउनको लागि केही बस परिसेवा सुरू गर्ने सोच बनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/