एनएचपीसी चरण 3 मा अमृत महोत्सव पालन

मङ्पु: भारत देश स्वतन्त्र भएको 75 वर्ष पुगेको अवसरमा एनएचपीसी टिस्टा जल विद्युत परियोजना चरण 3 मा आज अमृत महोत्सव पालन गरियो। यस अवसरमा स्थानीय मङपु शारदा उच्च माध्यमिक विद्यालयका विधार्थीहरूलाई लिएर उक्त उत्सव पालन गरिएको थियो। विद्यार्थीहरूलाई टिस्टा नदीको पानीबाट एनएचपीसी-ले विद्युत कसरी उत्पादन गर्न सकिरहेको छ भन्ने बिषयमा विस्तृत रूपमा प्रोजेक्टरको सहायतामा जानकारी गराउनको साथै विद्यार्थी नानीहरुलाई एनएचपीसी हाईडल प्रोजेक्टमा घुमाएर विद्युत उत्पादन सम्बन्धमा जानकारी गराए।


एनएचपीसी चरण 3 का मुख्य अभियन्ता प्रभारी एके ग्रोबरले पत्रकारहरुलाई सम्बोधन गर्दै भारत देश स्वतन्त्र भएको 75 बर्ष पुगेको अवसरमा देशभरि नै अमृत उत्सव पालन  गरिरहेको जानकरी दिए। यसै कार्यक्रम अन्तर्गत स्थानीय मङपु शारदा उच्चत्तर माध्यमिक विद्यालयका नानीहरुलाई पनि विद्युत उत्पादन कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराएको कुरा तिनले अवगत गराए। एसएम मिना मारडीले सञ्चालन गरेको समारोहमा एनएचपीसी चरण 3-का अधिकारीहरू शाशधर दास, सजी के,  सहिद अख्तर, अपूर्व सरकार लगायत अन्य उपस्थित थिए। अमृत उत्सव कार्यक्रममा निमन्त्रणा दिएर विद्यालयका नानीहरुलाई विद्युत उत्पादन विषयमा जानकारी  दिएकोमा शारदा विद्यालयका सहशिक्षक पवन बलले एनएचपीसी चरण 3 का अधिकारीहरू प्रति आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *