एनएचपीसी रम्बीमा 75औँ स्वतन्त्रता दिवस पालन

रम्बी : एनएचपीसी अनि सीआईएएसएफ-को संयुक्त आयोजनामा आज 75औँ स्वतन्त्रता दिवस पालन गरियो। एनएचपीसी टिस्टा जलविद्युत परियोजना चरण तीनको मुख्य अभियन्ता प्रभारी एके ग्रोबरले राष्ट्रिय झण्डा उत्तोलन गरेपछि कार्यक्रमको शुरूआत गरियो। सीआईएसएफका जवानहरू अनि एनएचपीसीमा कार्यरत स्थानीय भुतपुर्व सैनिकहरूले सुन्दर परेड गरे भने प्रमुख अतिथि एके ग्रोबरले परेडको सलामी लिए।


यसैगरी, एनएचपीसी केन्द्रिय  विद्यालयका छात्राहरूले देशभक्ति गीतमा सुन्दर नृत्यु प्रस्तुत  गरिन्। कार्यक्रममा सहभागी बनेका सबैलाई प्रमुख अतिथिको बाहुलीबाट उपहार प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *