नयाँ दिल्ली : निर्भया सामुहिक बलात्कार मामिलाका सबै चारजना दोषीलाई आगामी 3 मार्चको दिन बिहान 6 बजे फाँसी दिइने भएको छ। पटियाला हाउस कोर्टले नयाँ मिति तय गरेको साथै तेस्रोपल्ट तल्लो अदालतले डेथ वारन्ट जारी गरेको छ। कोर्टको निर्णय सुनेर निर्भयाकी आमा निक्कै खुशी भएकी छन्। अर्कोतिर, तिहाड़ जेल सूत्रले दिएको जानकारीअनुसार निर्भयाको दोषीहरूलाई फाँसी दिनको लागि पूर्ण रूपमा तयार रहेको बताइएको छ।