निर्विरोध विजयी पञ्चायत सदस्य किशन सिंह भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

दार्जिलिङ (निसं): दार्जिलिङको सुखिया मानेभञ्ज्याङ समष्टि अन्तर्गत घुम खासमल वार्ड नम्बर 8-का निर्दलीय प्रार्थीका रूपमा उठेर निर्विरोध विजयी बनेका पञ्चायत सदस्य किशन सिंह भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। आज एउटा कार्यक्रमबीच तिनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको आधिकारिक रूपमा घोषणा गरेपछि तिनलाई पार्टीमा स्वागत जनाउँदै पार्टीको तर्फबाट प्रवक्ता केशव राज पोख्रेलको बाहुलीबाट प्रमाण पत्र पनि प्रदान गरियो। स्मरण रहोस, भागोप्रमो-को निर्विरोध विजेता भएका पञ्चायत सदस्य तथा समितिका सदस्यहरुको मोठ संख्या बढेर अब 61 पुगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *