निःशुल्क चिकित्सा तथा कोरोना भाइरसबारे जागरूकता

खोरीबारी:  खोरीबारीको डांगुजोत संलग्न भातगाउँमा निःशुल्क चिकित्सा शिविरको साथै कोरोना भाइरसबारे स्थानीय मानिसहरूलाई जानकारी दिएर जागरूक गराइयो। उक्त शिविरमा नेपाल, बिहार तथा बंगालका धेरैजना निःशुल्क जाँच गराए। यस अवसरमा चिकित्सकहरूले उपस्थित मानिसहरूलाई कोरोना भाइरसबाट आतङ्कित नहुने आह्वान गर्दै यसबारे आवश्यक जानकारी गराए। मंगल सेवा समितिका गोपाल खनालले बताए अनुसार तिब्बती चिकित्सा धेरै लाभकारी चिकित्सा पद्धति हो। यसैले प्रत्येक महिनामा एकपल्ट यस प्रकारको शिविर आयोजन गर्दै आइरहेको छ। उक्त निःशुल्क चिकित्सा शिविरमा मंगल सेवा समिति भद्रपुरका गोपाल खनाल, चिकित्सक डा. तेन्चो रेब्जोनको नेतृत्वमा रहेको टोलीका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO