सिलगढी : आगामी 12 जनवरीदेखि सत्यजीत रे-को जन्म शताब्दीको अवसरमा तिनको स्मरण गर्दै सिलगढीमा फिल्म महोत्सवको आयोजना गर्ने भएको छ। उक्त फिल्म महोत्सवको सिलगढीको दीनबन्धु मञ्चमा उपदेष्ट मण्डली, तथ्य तथा संस्कृति विभागद्वारा आयोजना गरिने भएको छ। सोनार केल्ला, जलसाघर, जयबाबा फेलुनाथ, पथेर पाचाली, प्रतिद्वंदी, अपराजित, अपुर संसार, महानगर, नायक, हीरक राजार देश, परश पाथर, चारूलता, गुपी गाइन बाघा बाइन, अरण्येर दिनरात्री फिल्महरू साँझ 4 र 7 बजी देखाइनेछ। यी फिल्महरू हेर्नको लागि टिकट काट्न नपरे तापनि फिल्म हेर्नको लागि दीनबन्धु मञ्च र बोरो अफिसहरूबाट प्रवेश पत्र लिन पर्नेछ। त्यहाँ उक्त प्रवेश पत्र निःशुल्क प्राप्त हुनेछ। आगामी 12 जनवरीको साँझ दीनबन्धु मञ्चमा उद्घाटन समारोहको आयोजना गरिने भएको छ भने उद्घाटन गर्न पहिला एउटा शोभायात्रा पनि निकालिइनेछ।