एनजेपीमा बन्दे भारत ट्रेनको जीआरपी-का एसपीद्वारा निरीक्षण

सिलगढी : बन्दे भारत एक्सप्रेसमा दुई दिन लगातार हमला गरेपछि आरपीएफ लगायत जीआरपी पनि सक्रिय बनेको छ। एनजेपी स्टेसनमा बन्दे भारत एक्सप्रेस आइपुग्न अगावै जीआरपीले नजर राखिरहेको छ। आज स्टेसन परिसरमा जीआरपीकाएसपी एसएस मुरगन स्वयम् उपस्थित थिए। कठोर सुरक्षा व्यवस्था बनाइराख्नको लागि अबदेखि बन्दे भारत एक्सप्रेसमा आरपीएफको 2 जना अफिसर र 7 जना कन्स्टेबल अनि जीआरपी-को 1 जना अफिसर र 4 जना कन्स्टेबल तैनाथ रहनेछन्। आरपीएफ सूत्रले दिएको जानकारी अनुसार गत 3 जनवरीमा बङ्गालमा नभएर बिहारको किशनगञ्ज जिल्लाको पोटिया थाना क्षेत्रमा बन्दे भारत एस्कप्रेसमाथि हमला भएको थियो। उक्त घटनामा स्थानीय पुलिस लगायत आरपीएफ-ले दुईजना व्यक्तिलाई चिन्हित गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *