एनजेपीमा काँचो स्प्रीट बिक्री गर्न आएका महिला पक्राउ

सिलगढी, 30 अगस्त (निसं): भारत-नेपाल सिमाना स्थित पानीट्याङ्कीबाट एकजना महिला काँचो स्प्रीट लिएर एनजेपीमा बिक्री गर्ने उद्देश्यले आइरहेका थिए। यस अवधि एनजेपी पुग्न अगावै उक्त महिलालाई काँचो स्प्रीट सहित पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी महिला गीता शैव, नक्सलबारी निवासी बताइएको छ।
प्राप्त जानकारी अनुसार गोप्य सूत्रको आधारमा सादा पोशाकमा एनजेपी थाना पुलिसले एनजेपी नेताजी मोड संलग्न इलाकामा अभियान चलाएर नकली रम-रक्सी बनाउने काँचो स्प्रीट सहित एकजना महिलालाई पक्राउ गरेको छ। उक्त महिला 37 लिटर स्प्रीट बेच्नको लागि एनजेपी आएका थिए। पुलिस सूत्र अनुसार उक्त महिला धेरै समयदेखि नै अवैध व्यापारमा संलग्न थिए। आज महिलालाई जलपाईगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom