सिलगढी : केन्द्र सरकारको श्रम विरोधी ऐन, कृषि बील, मूल्य वृद्धि लगायत विभिन्न मागलाई लिएर तृणमूल श्रमिक संगठनले आन्दोलन गरिरहेको छ। आईएनटीटीयुसी एनजेपी शाखाको तर्फबाट आज केन्द्र सरकारको श्रम विरोधी नीतिको विरोध गर्दै आज एउटा र्यालीको आयोजना गर्यो। उक्त र्याली एनजेपी स्टेशनको तृणमूल कार्यालयदेखि शुरू गरेर विभिन्न पथहरूको परिक्रमा गर्यो। उक्त र्यालीमा राज्यका पर्यटन मन्त्री तथा डाबग्राम-फुलबारी विधायक गौतम देव मुख्य रूपमा उपस्थित थिए। यस अवसरमा तिनले राज्यभरिमै केन्द्र सरकार विरुद्ध लगातार आन्दोलन गरिने बताए।