एनजेपी स्टेसनको प्लेटफर्मका केही दोकानहरू भत्काइदियो रेलवेले

सिलगढी: रेलवे विभागले एनजेपी स्टेसनमा अवैध दोकानहरू हटाउने कार्य शुरू गरेको छ। आज स्टेसनको प्लेटफर्म परिसरमा रहेका धेरैवटा दोकानहरू भत्काइदिएको छ। दोकानहरू भत्काइदिएपछि सयौँ भेन्टरहरू अलपत्र परेका छन्। रेलवे विभागले सिलगढीको एनजेपी स्टेसनलाई सुन्दर बनाउने योजना बनाएको छ। यसै अनुसार कार्य सुरु भएको छ। रेलवे विभागले एनजेपी स्टेशनको प्लेटफर्म क्षेत्रका पसलहरू खाली गर्ने नोटिस जारी गरेको थियो। यसलाई लिएर भेन्डरहरूले धेरैपल्ट विरोध गर्नको साथै अदालतसमक्ष गुहार लगाएका थिए। तर कुनै फाइदा भएन। अन्ततः आज आरपीएफ र जीआरपीएफको विशाल वाहिनीको उपस्थितिमा दोकानहरू भत्काइदिएको छ। यस्तो स्थितिमा तृणमूल कङ्ग्रेसको ट्रेड युनियन आईएनटीटीयुसीका नेता भेन्डरहरूको साथमा छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO