एनजेपी ट्रक स्ट्यान्ड दुर्घटना मामिला : निखोज आरोपी चालक पक्राउ

सिलगढी : एनजेपी ट्रक स्ट्यान्डमा सडक दुर्घटनाको आरोपी चालकलाई पुलिसले पक्राउ गरेको छ। पक्रा परेका आरोपी नुर सालमको रूपमा चिन्हित गरिएको छ। गत 16 अगस्तमा एनजेपी ट्रक स्ट्यान्डमा ट्रकले किच्चाएर जाबरभिटा निवासी विजय पासवानको मृत्यु भएको थियो। घटनापछि ट्रक चालकले सुइँकुच्चा ठोकेका थिए। घटनापछि एनजेपी थानामा एउटा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले आज बिहान फुलबारीबाट आरोपी चालकलाई पक्राउ गरेर आज जलपाईगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *