‘नो हर्न’-को सन्देश दिँदै सिलगढी सहरमा निकाल्यो जागरूकता रेली

सिलगढी (निसं) : सिलगढी मेट्रोपलिटनको जंक्शन ट्राफिक गार्डले साउन्ड प्रदूषणलाई कम गर्ने उद्देश्यमा विद्यार्थीहरूलाई साथमा लिएर एउटा जागरूक्ता रेली निकाल्यो। ट्राफिक प्वाइन्ट होस् अथवा सड़कमा चालकहरूले कारण बिनै हर्न बजाउने गर्छन्, जो पर्यावरणको लागि खतरा मानिन्छ। यदि यसलाई समयमा नै लगाम लगाउन सकिएन भने आउँदो दिनहरूमा यसले मानिसहरूका निम्ति विकट समस्या उत्पन्न गर्नेछ। भविष्यको खतरालाई ध्यानमा राखेर जंक्शन ट्राफिक गार्डको आईसी सुबीर दत्तको पहलमा आज विद्यार्थीहरूलाई साथमा लिएर दार्जिलिङ मोड़बाट “नो हर्न प्लीज” लेकिएको प्ला कार्डहरू बोकेर जागरूकता रेली निकालिइयो। यस अवधि विद्यार्थीहरूले वाहन चलाउने चालकहरूलाई कुनै कारण बिना हर्न नबजाइ दिने अपिल गरे। यस रेलीमा सिलगढीको पुलिस कमिश्नर अखिलेश चतुर्वेदी, ट्राफिक एडीसीपी पूर्णिमा शेर्पा, एसीपी शान्तनु तरफदार पनि उपस्थित थिए। यस अवधि सिलगढी पुलिस कमिश्नर अखिलेश चतुर्वेदीले भने, सहरमा बिना कारण मानिसहरूले हर्न बजाउनाले पर्यावरणलाई धेरै नोक्सान हुन्छ। यसैले नानीहरूले आज ‘नो हर्न’-को सन्देश दिँदै जागरूकता रेली निकालेको हो। यो अभियान सहरमा लगातार जारी रहने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *