नोकरी गुमाएका शिक्षकहरूद्वारा सिलगढीको बाघाजतीन पार्कमा विक्षोभ

सिलगढी : हाई कोर्टको आदेशअनुसार लगभग 36 हजार अप्रशिक्षित प्राथमिक शिक्षकको नोकरी खारेज गरिएको छ। उक्त तालिकामा सिलगढी लगायत यसको छेउछाउका इलाकाका सयौँ प्राथमिक शिक्षक-शिक्षिकाहरूको नाम सामेल छ। हाई कोर्टको उक्त आदेश विरुद्ध आज सिलगढीको बाघाजतीन पार्क परिसरमा नोकरी गुमाएका शिक्षक-शिक्षिकाहरूले धरना प्रदर्शन गरे। आरोप अनुसार हाईकोर्टले न्यायको नाममा नाटक गरेको छ। जुन समय तिनीहरूले नोकरी पाएका थिए त्यस समय नियमअनुसार प्राथमिक शिक्षकको लागि प्रशिक्षणको आवश्यकता थिएन। पछि उक्त नियमअनुसार सबैले प्रशिक्षण लिएका थिए। हाई कोर्टको उक्त आदेशको तिनीहरूले तीव्र निन्दा गरे। यस अवधि प्रदर्शनकारीहरूले न्यायको माग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *