खरसाङ : राष्ट्रिय रोजगार ग्रामीण योजना (एनआरजीएस) अन्तर्गत सयदिने कामको सप्लाई ठीकसँगले अनि गुणस्तरीय नभएको तथा सप्लायरको निम्ति पुन: टेन्डर हुनुपर्छ भनी आज तृणमूल कङ्ग्रेसको खरसाङ खण्ड समितिले खरसाङ खण्ड विकास अधिकारीलाई भेटेर एउटा ज्ञापन चढ़ाएको जानकारी पार्टीको खरसाङ खण्ड समिति अध्यक्ष समृत छेत्रीले दिएका छन्। तिनले यसबारे अवगत गराउँदै खरसाङ खण्ड अन्तर्गतका विभिन्न क्षेत्रहरूमा भइरहेको सयदिने रोजगारको काममा दिइने सामानहरू गुणस्तरीय नभएको तथा समान ठीक समयमा नदिएको जानकारी पाइएकोले यसै विषयमा खरसाङका खण्ड विकास अधिकारीलाई यसको सठीक जाँच हुनुपर्ने तथा यसको निम्ति पुन: टेन्डर हुनुपर्ने माग गर्दै ज्ञापन दिएको बताए । खरसाङ खण्ड विकास अधिकारीसितको भेटघाटमा खण्ड विकास अधिकारीले पनि सकारात्मक आश्वासन दिएको पनि छेत्रीले थप जानकारी दिएका छन्।
